Connect with us
Kapilvast Forest

राष्ट्रियसभा चुनावको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

 

 

दाङ- राष्ट्रियसभा सदस्यको लागि हुन लागेको निर्वाचनका लागि लुम्बिनी प्रदेशको राजधानी दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।निर्वाचन अधिकृतको कार्यालयको उदघाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संयुक्त गरेका हुन् ।

कार्यालय स्थापनासँगै राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सुरु भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले बताए । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको उनले बताए । उनका अनुसार महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको हो ।

लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरु रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।राष्ट्रियसभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ । कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu