Connect with us
Kapilvast Forest

विश्वभर एकै दिन १८ लाखभन्दा बढीमा कोरोना संक्रमण

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

एजेन्सी-विश्वभर एकै दिन १८ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा अमेरिकामा मात्रै ५ लाख २८ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै‚ फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार, अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८००, टर्कीमा ३९ हजार ६०० र भारतमा १५ हजार ६०० जना संक्रमित थपिएका छन्।

सोही अवधिमा विश्वभर ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो। यो अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu