Connect with us
Kapilvast Forest

राप्रपाले ‘गल्ती गर्दा’ एमाले, कांग्रेस र माओवादीले ठूलाे पार्टी हुने माैका पाए : लिङ्देन

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नुभएको छ ।

आज बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा जिल्ला कमिटीले काठमाण्डाैमा आयोजना गरेको नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रूपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताउनुभएको हो ।

राप्रपाले विगतमा गल्ती गर्दा ती पार्टीहरू आकारको हिसाबले ठूलो भएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमजोरी नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले राजनीतिक रूपले र नैतिक रूपले कांग्रेस, एमाले, माओवादीहरू जो आफूलाई यो देशको ठूलो पार्टी भन्छन्, उनीहरू जनताको बीचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरूसँग कुनै आधार नै छैन । खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढङ्गले जनतालाई बुझाउन नसक्दा उनीहरूले ठूलो पार्टी हुने मौका पाए । यस्तो बेला देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको पार्टीको रूपमा छ ।’

अध्यक्ष लिङ्देनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई राप्रपामा आउन आह्वान गर्नुभयो । राप्रपामा आउने सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उहाँको आश्वासन थियो । विगतमा भएका मानिसहरू मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङ्देनले अन्य पार्टीबाट मान्छे ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu