Connect with us
Kapilvast Forest

बन्दसत्रअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं -राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । महाधिवेशनस्थल प्रज्ञा भवनमा ११ बजेपछि बस्ने बैठकले महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

 

स्थायी कमिटी सदस्य शक्ति बस्नेतका अनुसार अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको हो । ‘ग्रुप डिस्कसनका क्रममा उठेका विषयहरुलाई छलफल गरेर सोही अनुसार राजनीतिक प्रतिवेदन र विधानलाई अन्तिम रुप दिइनेछ’, नेता बस्नेतको भनाइ छ ।

साथै, बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य नेताहरू चयनको विधिबारे समेत छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथिको छलफल बिहीबार सकिएको थियो । विधान र राजनीतिक प्रतिवेदन टुङ्ग्याएर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने नेता बस्नेतको भनाइ छ ।स्थायी समिति बैठकपछि पुन सुरु हुने महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रतिनिधिहरुले राखेका प्रश्नको जवाफ दिनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu