Connect with us
Kapilvast Forest

राप्रपा कपिलवस्तु शिवराजको पार्टी प्रवेश तथा छलफल

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी  कपिलवस्तु शिवराज नगर कमिटीद्वारा पार्टी प्रवेश तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते कृष्णनगरमा मनाउने निर्णय भएको शिवराज नगर अध्यक्ष राम बहादुर रायमाझीले बताउनु भयो ।

कार्यक्रममा राप्रपा  जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले संठगन विस्तार कार्यलाई तिब्रता दिने बताउनु भयो ।

आगामी निर्वाचनमा जिल्लालाई राप्रपामय बनाउने उदेश्यले काम गर्न कार्यकर्तालाई सिंहले अनुरोध गर्नु भयो ।

पार्टी प्रवेश तथा छलफल कार्यक्रममा बोल्दै प्रदेश सदस्य सईद अहमद शाहले राजा विना देशको विकास गर्न सम्भावना नभएको बताउनु भयो । नेपालका मुस्लिम हिन्दुराज्यको पक्षमा रहेको प्रदेश सदस्य शाहले बताउनु भयो । शाहले आगामी चुनावमा राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न अनुरोध गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश सदस्य राजेन्द्र अधिकारीले कार्यकर्तालाई गाउँ घरमा राप्रपाको नीति सिद्धान्त बताउने समय आएको बताउनु भयो ।

सो कार्यक्रममा अन्य पार्टी परित्याग गरि एक दर्जन नेता कर्याकर्ता राप्रपामा प्रबेश गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu