Connect with us
Kapilvast Forest

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले आज शुक्रवार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने जवाफ दिनुभएन ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो । जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग ९एमसीसी० का बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा परिमार्जनसहित राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी पारित गर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने भन्दै यसका लागि जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताउनुभयो । २०४५ सालमा सानो समूहबाट सुरु गरेर जनयुद्ध अनि शान्ति प्रक्रिया हुँदै गणतन्त्र र संविधान निर्माण आफूहरूको ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।गएको आइतवार सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीयय कार्यसमिति चयन गर्नेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu