Connect with us
Kapilvast Forest

जहाज किन्ने विषयमा गृहकार्य भइरहेकाे छ, कमिसनकाे खेल हुँदैन : मन्त्री आले

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनकाे खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू सजाय भाेग्न तयार रहेको बताउनुभयो । मन्त्री आलेले ग्राउन्डेड भएको जहाजहरूलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु । छिटो भन्दा छिटो बिजनेस प्लान ल्याएर कम्तीमा १५ वटा जहाज जति खरिद गरेर ल्याउने । एअरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने । विगतको जस्तो यो वाइडबडी होइन । यसमा कुनै कमिसनको खेल भएको छैन । यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले सजाय भाेग्न तयार छ भनेर म भन्न चाहन्छु । त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ । निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस् ।’

उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताउनुभयो । भैरहवा विमानस्थलमा सरकारले छिटो भन्दा छिटो परीक्षण उडान सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu