Connect with us
Kapilvast Forest

फ्रेन्डसलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लियो एनआरटी

२०७८, १७ पुष शनिबारमा प्रकाशित

 

काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।सातौं चरणको शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो।

खेलमा एनआरटीले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।फ्रेन्ड्सले पनि दोस्रो हाफमा २ गोल फर्कायो तर पनि अंक खोस्न भने असफल भयो।

एनआरटीले स्टेफन समिरको गोलबाट पाँचौं मिनेटमा नै अग्रता लिएको थियो।उनले डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने मेसुकेले २० औं मिनेटमा गरेका थिए।

फ्रेन्ड्सले पनि गोलका केही राम्रा मौका गुमायो। उसका लागि २५ औं मिनेटमा गार्सियाले गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिँदा अग्रता घटाउने अवसर पहिलो हाफमा नै फ्रेन्ड्सले गुमाएको थियो।

दोस्रो हाफको ८० औं मिनेटमा जोनोउ एन्थोनीले फ्रेन्ड्सका लागि पहिलो गोल फर्काए। उनले लामो क्रसलाई आकर्षक हेडबाट गोल गर्दै अग्रता साँघुर्‍याउने प्रयास गरेका थिए।

खेलको अन्त्यतिर फ्रेन्ड्सले निरन्तर दबाब बढाएको थियो।तर ६ मिनेट थपिएको अतिरिक्त समयमा मेसुकेले काउन्टर अट्याकमा आएको पासलाई सदुपयोग गर्दै आफ्नो लागि दोस्रो तथा टिमको लागि गोल गरी स्कोर ३-१ मा पुर्‍याए।

गार्सियाले अतिरिक्त समयमा गोल गर्दै फ्रेन्ड्सलाई ३-२ को अवस्थामा ल्याए पनि बराबरीका लागि पर्याप्त भएन।खेलपछि फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा नै रहँदा १० अंक बनाएको एनआरटी पाँचौं स्थानमा उक्लिएको छ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu