Connect with us
Kapilvast Forest

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

२०७८, १७ पुष शनिबारमा प्रकाशित

 

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । सातौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । ६ खेलबाट ७ अंक जोडेर थ्री स्टार लिगको आठौं स्थानमा रहेको छ भने ६ खेलबाटै ७ अंक जोडेर जावलाखेल नवौं स्थानमा रहेको छ ।

रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह पौने पाँच बजे सुरु हुनेछ । दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

६ खेलबाट १२ अंक जोडेर संकटा क्लब तेस्रो स्थानमा रहेको छ । ६ खेलबाटै ४ अंक जोडेर च्यासल १३ औं स्थानमा रहेको छ ।

पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ । ब्रिगेड ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu