Connect with us
Kapilvast Forest

प्रदेशसभा सदस्य केसीद्वारा एमाले जिल्ला उपसचिवमा उम्मेद्बारी घोषणा

२०७८, १७ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल कपिलवस्तु-नेकपा एमाले जिल्ला अधिवेशनको समय नजिकिएसँगै कपिलवस्तु जिल्लामा पनि चहलपहल बढेको छ ।विभिन्न पदमा जिलाका एमेले नेताद्वारा उम्मेद्बारी घोषणा गरीरहेका छन ।

सोहि अनुसार प्रदेशसभा सदस्य अर्जुनकुमार)केसी)द्वारा)उपसचिवमा उम्मेद्बारी घोषणा घोषणा गर्नुभएको छ ।एमाले कपिलवस्तुका प्रभावशाली नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले उमेदवारीे घोषणा गर्नुभएको छ ।उहाँले सनिवार विहान न्युज सेन्टरसगँ कुराकानी गर्दै जिल्ला अधिवेशनमा उपसचिव पदमा आफू उठ्ने जानकारी गराउनु भएको हो ।

विद्यार्थी आन्दोलनबाटै आफ्नो राजनैतिक यात्राको सुरुवात गर्नु भएका केसि जनप्रतिनिधिको रुपमा निर्वाचित भएयता उहाँ एक विकाश प्रेमि नेताको नाममले नै परचित हुनु भएको छ । कपिलवस्तुको विकास कार्य एवम् प्रतिनिधित्वको हिसाबले जिल्लाको गरिमा बढाउन सफल देखिनुभएको छ।
पछिल्लो समय उहाँ प्रति पार्टी संगठन मात्रै सकरात्मक नभएर अन्य पार्टी संगठनहरुको पनि राम्रो साथ र समर्थ पाउँनु भएको छ।नेता तथा कार्यकर्ताको रोजाईमा परेका केसिले यस क्षेत्रमा एमालेलाई एक नम्बरको पार्टी कायम राख्न आफ्नो उम्मेदवाी रहने बताउनु भयो ।

उहाँले नेता एवम् सुबेच्छुकहरुको आग्रह अनुसार अब पार्टी नेतृत्वमा समेत भूकिका खेल्नुपर्ने देखिएकोले उपसचिवमा उम्मेद्बारी दिने घोषणा गरेको जनाउनुभएको छ । त्यस्तै एमाले कपिलवस्तुको अध्यक्षमा जिल्ला अध्यक्ष पदको लागि ३ जनाको नाम चर्चामा रहेको छ । एमाले नेता नेत्रराज अधिकारी, डम्बर शर्मा, बाबुराम खनाल जिल्ला अध्यक्ष हुने दौडहामा रहनु भएको छ । तिनै जना मध्ये कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी बलियो दाबेदारको रुपमा देखिनु भएको छ ।नेकपा (एमाले) को पुस २३ गते जिल्ला अधिवेशन हुने मिति तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu