Connect with us
Kapilvast Forest

माओवादी बन्द सत्र २ घण्टाका लागि स्थगित

२०७८, १७ पुष शनिबारमा प्रकाशित

काठमाडौं-माओवादी केन्द्रको ८ औं महाधिवेशनमा जारी बन्द सत्र दुई घण्टाका लागि स्थगित भएको छ।योबीचमा सहमतिको लागि पनि प्रयास गर्ने र निर्वाचन कार्यतालिका पनि सार्वजनिक गर्ने तयारी गरिनेछ।

निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरेको बताउनु भयो ।‘सहमतिको लागि प्रयास हुन्छ। त्यो नभए निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ,’ उहाँले भन्नु भयो ।

आजै भएको माओवादीको बन्द सत्रले विधान पारित गरेको छ।
विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिनु भएको थियो । जवाफ दिएपछि विधान पारित भएको हो। बन्द सत्रले पदाधिकारीको संख्या भने टुंग्याउन सकेन।

महाधिवेशनले पदाधिकारीको संख्या भने नटुंग्याउने निश्चितजस्तै भएको छ। यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको थियो।

माओवादीमा पदाधिकारी टुंगो ुविराटनगर मोडलुमा गएको छ।महाधिवेशन हलले पदाधिकारीको संख्या कति तोक्ने निर्णय गर्न केन्द्रीय कमिटीलाई जिम्मा दियो। अब केन्द्रीय कमिटी आफ्नो अनुकूलमा संख्या टुंगो लगाउने र चयन गर्न सक्नेछ।

यसअघि पनि २०७१ सालमा पनि विराटनगरमा भएको माओवादीको राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्य चयन गरे पनि पेरिसडाँडाबाट पदाधिकारीको चुनाव गरिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu