Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तुको सचिव पदको वलियो उम्मेदवारको रुपमा गहतराज

२०७८, १७ पुष शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि नेताहरूको दौडधूप सुरू भएको छ ।
पुस २३ र २४ गते गर्न लागेको जिल्ला अधिवेशनमा सचिव पदमा नेकपा एमाले कपिलवस्तुका सचिवालय सदस्य चन्द्रबहादुर गहतराज (सिबी)ले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

विधार्थीकाल देखिनै विभिन्न पदमा रहेर राजनितिमा होमिनु भएका गहतराज सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।न्युज सेन्टर सगँ कुराकानी गर्दै आज आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

एमाले पार्टीलाइमजबुद बनाउदै युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उहाँले बताउनु भयो ।पार्टीका नेता तथा कार्यर्ताको सल्हा सुझावलाई आत्मसाथ गर्दै सचिव पदको नेतृत्वमा आफुले उम्मेदवारी घोषण गरेको बताउनु भयो ।

विधार्र्थीकाल देखिनै एमालेका विभिन्न जिम्मेवारीमा रहेर पार्टीकै पक्षमा पार्टीकार्यताहरुलाई एकताबद्ध बनाउन काम गर्दै आउनु भएका गहतराज सचिव पदका बलियो उम्मेदवारको रुपमा रहनु भएको छ । उहाँले आगामी दिनमा एमालेमा अझै ऊर्जावान गराउन पनि उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।

२०५५ साल देखि नेकपा एमालेको भात्रि संगठन मुक्ति समाज जिल्ला कमिटी अध्यक्षको जिम्मेवमरी सम्हान्ु भएका गहतराजले २०६२ देखि जिल्ला कमिटीका विभिन्न जिम्मेवारी समाल्नु भएको थियो ।

नेपका एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्ला मुक्ति समाजको तर्फबाट प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।। नवौ र १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा छनौट हुनु भएका गहतराजले २०६९ साल देखि जिल्ला सचिवालय सदस्यको जिम्मेवारी समाल्दै आउनु भएको छ । उहाँले प्रतिनिधि सभा निर्वाचन क्षेत्र न ३को इन्चार्जको जिम्मेवारी समेत पाउनु भएको थियो
त्यस्तै पार्टी सचिव पदमा सचिवालय सदस्य भेषराज पाण्डले पनि उम्मेदवारी दिने मन्साय बनाउनु भएको छ । नेकपा (एमाले) को पुस २३ गते जिल्ला अधिवेशन हुने मिति तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu