Connect with us
Kapilvast Forest

गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

२०७८, १८ पुष आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।

सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu