Connect with us
Kapilvast Forest

कोठाभित्र आगो ताप्दा यी कुरामा ख्याल गरौं

२०७८, १८ पुष आईतवारमा प्रकाशित

 

 

देशका अधिकांश भागमा जाडो निक्कै बढेको छ । जाडो बढेसँगै ग्यास गिजर, हिटर र कोइलाको प्रयोग पनि बढेको छ । जाडो मौसममा पानी तताउन र कोठा न्यानो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने गरिन्छ ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाएपनि यसको प्रयोगमा सावधानी नअपनाउँदा दिनहुँजसो नै दुर्घटनाका खबर सुनिने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर, कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिन्छ ।

जाडो महिनामा आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु

-कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गरौं ।

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने गरौं ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं।

-जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, हेल्चेक्र्याइँ नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।

-बेहोस हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगौं ।

-कोठामा धेरैबेर आगो तापेर बस्नहुँदैन । आगो ताप्ने कार्य छिटो सकेर निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-आफ्ना हरेक गतिविधिमा सहकर्मी, परिवारजन वा छिमेकीलाई पूर्व सूचना दिने गरौं । किनकि बेहोस भएको अवस्थामा समेत छिटो भन्दा छिटो उद्धार भएमा बाँच्न र बचाउन सकिन्छ।

-बेहोस भएको बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्‍याएर अक्सिजन मास्क मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ । सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भएपनि अक्सिजन दिनुपर्छ ।

-चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुन सक्ने अनेक समस्या जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu