Connect with us
Kapilvast Forest

अनेरास्ववियुद्वारा नेपाल आदर्श क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

२०७८, २० पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु -नेपाल आदर्श बहुमुखि क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटिको आयोजनामा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । शिवराज नगरपालिका वडा नं १ मा रहेको नेपाल आदर्श बहुमुखि क्याम्पसमा आज एक कार्यक्रमका बिच शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो । केहि दिन अघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटिले शिवराज नगर उप प्रमुख थारुलाई क्याम्पसमा अध्यानरत छात्राहरुको लागि सेनेटरी प्याड उपलब्ध गराईदिन अनुरोध गरेको थियो ।

उक्त अनुरोधमा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुको विशेष पहलबाट आज अनेरास्ववियु क्याम्पस कमिटि उपाध्यक्ष गिता शर्माको संयोजकत्वमा रहेको २५ सदस्यिय समितिलाई प्याड हस्तान्तरण गरीएको हो । प्याड हस्तान्तरण गर्दै उप प्रमुख शिवकुमारी थारुले महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरु नियमित गराउन र महिनावारी भएको बेला छात्राहरु लजाउने, विद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको बताउनुभयो ।

आफुले भोगेको जस्तो पिडा आजका छात्राहरुले भोग्न नपरोस भनेर प्याड वितरण गरेको बताउनुभयो । शिवराजका प्रत्यक विद्यालयमा छात्रा विद्यार्थिको संख्या पत्ता लगाएर सबैलाई प्याड सहज रुपमा उपलब्ध गराएको उप प्रमुख थारुले बताउनुभयो । क्याम्पसमा रहेका अन्य समस्याहरु समाधानमा पनि आफुले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

प्याड प्रयोग पछि त्यसको व्यवस्थापनका लागि छुट्टै चर्पिको व्यवस्था पनि गरीने उप प्रमुख थारुले बताउनुभएको छ । यस्तै कार्यक्रम्मा शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि सिले क्याम्पसमा आएर प्याड वितरण गर्नु उदाहरणिय कार्य रहेको बताउदै आगामि दिनमा वडा तहबाट क्याम्पसलाई गर्न सकिने पहल गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा एमाले शिवराज नगर कमिटि सदस्य विरेन्द्र के सि, अनेरास्ववियु शिवराज नगर कमिटि उपाध्यक्ष राहुल यादव लगायत अनेरास्ववियु नेपाल आदर्श क्यम्पस कमिटिका पादधिकारीहरुको सहभासगता रहेको कार्यक्रम अनेरास्ववियु शिवराज नगर कमिटि सचिब अर्जुन बेल्वासेको स्वागत मन्तव्य र क्याम्पस कमिटि अध्यक्ष अस्बिन के सिको अध्यक्षतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu