Connect with us
Kapilvast Forest

अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने

२०७८, २० पुष मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताएका छन् ।

हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu