Connect with us
Kapilvast Forest

मेडिकल कलेजको ‘लुट’विरुद्ध विद्यार्थीको प्रदर्शन

२०७८, २१ पुष बुधबारमा प्रकाशित

 

 

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार मेडिकल कलेजका विद्यार्थीसहित विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन तथा धर्ना आयोजना गरेका हुन् ।

 

मेडिकल कलेजहरूले एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीसँग परीक्षा शुल्कका नाममा १० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएका हुन् । थप शुल्क नबुझाए परीक्षामा बस्न नदिने धम्की दिने गरिएको विद्यार्थीले गुनासो गरेका छन् ।

काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, देवदह मेडिकल कलेज रूपन्देही र लुम्बिनी मेडिकल कलेज पाल्पाले अतिरिक्त शुल्क उठाएको बिल कान्तिपुरले प्राप्त गरेको छ । नेपाल मेडिकल कलेजका विद्यार्थीले बढी शुल्क लिएको विषयमा चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका छन् ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले करिब २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेपछि एमबीबीएसमा भर्ना भएका विद्यार्थी केही दिनदेखि आन्दोलित छन् । त्यस्तै केएमसीकै सञ्चालक सुनील शर्मा रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थी आन्दोलित छन् ।

चिकित्सा शिक्षा ऐनमा परीक्षा शुल्क पनि एकमुष्ट शिक्षण शुल्कभित्रै समावेश हुने उल्लेख छ । केयूका मेडिकल कलेजहरूले आयोगले तोकेको शुल्क बुझाउने किस्ता प्रणाली पनि उल्लंघन गरेको विद्यार्थीको भनाइ छ । ऐनमा विद्यार्थीबाट शुल्क पहिलो वर्षमा एक तिहाइ र बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा लिनुपर्ने उल्लेख छ ।

एमबीबीएसका लागि काठमाडौं उपत्यकामा भित्र ४० लाख र बाहिर ४४ लाख रुपैयाँ शुल्क तोकिएको छ । मेडिकल कलेजहरूले भने तेस्रो वर्षको पढाइ सकिनुअघि नै सबै रकम लिइसक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu