Connect with us
Kapilvast Forest

अवकाश प्राप्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न

२०७८, २५ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु -सिद्धार्थ मा.वि. बुङ्चीले न्यानो कपडा तथा पुरस्कार वितरण एवम् अवकाश प्राप्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । “गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता” भन्ने मूल नारालाई आत्मासात गर्दै बाणगंगा नगरपालिका वडा नं.१ मा अवस्थित उक्त विद्यालयले आईतबार(आज) विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले विद्यालयलाई प्रदेश सरकारले आवश्यकताका आधारमा स्वयमसेवक शिक्षक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारमा आफ्नो जिम्मेवारी शिक्षा क्षेत्र नभएता पनि सिद्धार्थ मा.वि.लाई विशेष महत्वका साथ हेरेर प्रदेश सरकारका शिक्षा मन्त्रीलाई भनिसकेको बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी राज्यमन्त्री नेपालले विद्यालयलाई आवश्यक भवन निर्माणका लागी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरिय शिक्षा प्रदानको वातावरण सिर्जना गर्न आफु सधै लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तौ कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.१ का वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले विद्यालयलाई समयको माग अनुसार परिमार्जित गर्दै अघि बढाउनुपर्ने बताउनुभयो । वडाध्यक्ष अधिकारीले भविष्यको एक सक्षम नागरिक तयार पार्न विद्यालयको अहम भूमिका रहने बताउदै यसका लागी विद्यालयमा त्यो सिकाईको वातावरण सिर्जना गर्नु सबैको साझाँ दायित्व हुने बताउनुभयो । सिद्धार्थ मा.वि. एक पुरानो विद्यालय भएकाले यसलाई समाज रहेका हरेक स्तरका परिवारका बालबालिकाको विद्यालयको रुपमा स्थापित गराउनुपर्ने उहाँको भनाई छ ।

 

कार्यक्रममा वडा नं.१ को सहयोगमा ८६ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । यस्तै कार्यक्रममा बार्षिक परिक्षा २०७७ को नतिजा प्रकाशन गरि विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

सोही कार्यक्रमका बीच अवकास प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको छ । पूर्वप्रअ जनार्दन ज्ञवाली, पूर्वशिक्षकहरु कमला राना र तिलकुमारी थारुलाई सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका पाँच जना पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको विद्यालयका प्रअ दलबहादुर थापा(ईशवर) ले जानकारी दिनुभयो । यसैबीच सोही कार्यक्रममा हाल अस्ट्रेलिया रहनुभएकी अम्बिका पोख्रेलको जन्मदिनमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu