Connect with us
Kapilvast Forest

नेपाली कारागारमा एक हजार ३०९ विदेशी कैदीबन्दी

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं- नेपाली कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दी सजाय काटिरहेका छन् । नेपाली कारागारमा सो सङ्ख्याका विदेशी कैदीबन्दीले सजाय काटिरहेको कारागार व्यवस्था विभागले जनाएको हाे । विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारमा रहेको कुल २४ हजार ८४० जना थुनुवा र कैदीबन्दीमध्ये एक हजार ३०९ जना विदेशी नागरिक अहिले कारागारमा छन् ।

एसियाली महादेश अन्तर्गत भारत एक हजार ४३, भुटान २५, चीन २६, पाकिस्तान २१, बङ्गलादेश ९, इरान १, सिङ्गापुर २, म्यानमार १, मलेसिया ४, जापान १, फिलिपिन्स १, थाइलेण्ड ४, दक्षिण कोरिया १, जोर्डन १, पपुवा न्यूगिनीका १ जना कारागारमा छन् ।

यस्तै, तान्जनिया २, नाइजेरिया ६, सेनेगल १, माली १, नामिबिया १, आइभरीकोष्ट २, टोगो १, नाइजेरिया २, दक्षिण अफ्रिकाका ३ जना कैदीबन्दी छन् ।

नेपालका कारागारमा अमेरिका २, क्यानडा १, बेलायत ३, जर्मन ३, डेनमार्क १, नेदरल्याण्डस् २, अष्ट्रिया १, स्पेन १, रसिया १, रोमानिया ४, भेनेजुयला १, बोलिभिया ८, अन्य देशका ३ सहित फ्रान्सका पाँच जनासहित एक हजार ३०९ जना विदेशी नागरिक छन् ।

चार्ल्स शोभराज दुई वर्षपछि छुट्ने

फ्रान्सका पाँच जनामध्ये विकिनी किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजको कैद भुक्तानी हुन करिब दुई वर्ष बाँकी छ । केन्द्रीय कारागारमा २०६० सालदेखि शाेभराजले जेल जीवन बिताइरहनुभएको छ । उहाँ १८ वर्षदेखि सुन्धारा कारागारको गोलघरभित्र रहनुभएको छ । बुढेसकालले छोएकाले कैद छुटको माग गर्दै अदालत पुग्ने गर्नुहुन्छ । उहाँमाथि नेपालमा मात्रै चार वटा अभियोग छ ।

विभिन्न देशमा गरी २० जनाभन्दा बढीको हत्या गरेको अभियोग उहाँमाथि लागेको छ । नेपालमा जाली राहदानी, दुई वटा ज्यानमारा र एउटा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu