Connect with us
Kapilvast Forest

बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न काठमाडौं महानगरको अनुमति

२०७८, २५ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो ।

गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होडिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो ।

 

महानगरपालिकाले नारायणहिटी दरबार परिसरभित्रै होर्ड राखेबापत वार्षिक २ लाख ४५ हजार विज्ञापन कर लिनेछ । नारायणहिटी परिसरमा अग्लो टावर बनाएर बोर्ड राख्न लागिएको हो ।

कानूनले यसरी स्मारक क्षेत्रमा होर्डिङ बोर्ड राख्न निषेध गरेको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ले सम्पदा क्षेत्र विरुप हुने भएकाले विज्ञापन बोर्ड राख्न अनुमति नदिने गरी स्पष्ट व्यवस्था गरेको छ ।

ऐनमा पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रकासशीय अधिकृत राजेश्वर ज्ञवालीले नारायणहिटीमा बोर्ड राख्ने अनुमति दिन दबाव दिएको स्रोतको दावी छ ।
महानगरको राजस्व विभागका एक अधिकारी भने होर्डिङ बोर्डका लागि नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले नै पत्र काटेको दावी गर्छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu