Connect with us
Kapilvast Forest

बुद्धभुमीले कायम गर्यो बाल विकासका सहजकर्ता र कार्यालय सहयोगीको तलब १५ हजार

२०७८, २५ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु –बुद्ध्भुमी नगरपालिकाले सरकारले तोके अनुसार बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालयमा कार्यरत कार्यालय सहयोगीको तलब मासिक १५ हजार कायम गरेको छ । नगरपालिकाको गोरुसिंगेमा संपन्न १० औ नगर सभाको दोश्रो बैठकमा सो निर्णय गरिएको हो ।

चालु आर्थिक बर्षको पुस महिना सम्म सहजकर्ताले मासिक साढे १२ हजार र कार्यालय सहयोगीले मासिक साढे ११ हजार तलब ब्ुझेका थिए । नगरपालिकामा रहेको ७२ सहजकर्ता र ५२ कार्यालय सहयोगीको माघ १ गते देखि लागु हुने गरी मासिक १५ हजार रकम दिने गरी सभाबाट पातिर भएको मेयर केशव कुमार श्रेष्ठले बताए ।

यस्तै ६० बर्ष उमेर हद पार गरेका २३ महिला स्वयम सेविकालाई सेवा अवधि भरको बार्षिक २ हजारका दरले प्रोत्साहन स्वरुप रकम दिने समेतबाट पातिर भएको छ । उता सभाले नगरपालिका र वडामा कार्यरत १२ कर्मचारीलाई संम्मानित गरेको छ । मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मीरा थारु र प्रमुख प्रशाकीय अधिकृत केशवराज सुबेदीले दोसल्ला र कदर पत्र प्रदान गरी उनीहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुने कर्मचारीहरुमा ईन्जीनीयर निकिता त्रिपाठी, सिअहेब गोकर्ण अर्याल, वडा नम्ब ८ का स्वास्थ्य चौकी ईन्चार्ज कमल ज्ञवाली, प्रधानमन्त्री रोजकागर कार्यक्रमका संयोजक रबिन चौधरी, योजना अनुगमन शाखाका नबिन खनाल, प्रशासन शाखाकी बिन्दु शर्मा खरेललाई सम्मानित गरिएको हो ।

यसैगरी सलेपा खुम बहादुर राउत, वडा नम्बर १ का वडा सचिव बिष्णु प्रसाद पौडेल, सर्पदंश केन्द्र गोरुसिंगको ब्यवस्थापक नबिन भण्डारी, वडा नम्बर ७ का सामाजिक परिचालक ओम प्रकाश गुप्ता, सवारी चालक फर्सुराम आचार्य र वडा नम्बर ४ का कार्यालय सहयोगी बिष्णु थारुलाई समेत सम्मानित गरिएको थियो । सो अवसरमा मेयर श्रेष्ठले साढे चार बर्षको अवधिमा नगरपालिकाबाट ऐन निर्देशिका कार्यबिधि आचारसंहीता गरी ६२ वटा पारित भएको बताए ।

यस्तै सभाले नगरपालिकामा समायोजन भई आएका कर्मचारीहरुको स्तर र तह बृद्धि सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७८ र लिज बिधेयक २०७८ समेत पारित गरेको छ । यसैगरी साझेदारी कार्याक्रमहरुको बजेट समाबेश गर्ने सम्बन्धमा समेत केही निर्णयहरु गरिएका छन । कार्यक्रममा सभामा उठेका सुझाव र समस्याहरुको उत्तर प्रमुश प्रशासकीय अधिकृत केशवराज सुबदीले दिएका थिए । कार्यक्रममा समाजिक विकास संयोजक पवन चौधरी वडा नम्बर १ का कार्यवाह वडाअध्यक्ष संदीप पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu