Connect with us
Kapilvast Forest

दाङमा बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ घइते

२०७८, २६ पुष सोमबारमा प्रकाशित

दाङ-दाङमा बस दुर्घटना हुँदा नौ महिनाका एक शिशुको मृत्यु भएको छ। दुर्घटनामा परी थप दस यात्रु घाइते भएका छन्।भारतको मोतिहारका असिर आलकका छोरा नानु आलमको दुर्घटनामा परी मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले घाइते शिशुको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनु भयो ।

उक्त दुर्घटनामा परी सुर्खेतको छिन्चु नगरपालिका वडा नं। ९ का १७ वर्षीय दिलबहादुर क्षेत्री, रौतहटको पूर्वाह गाउँपालिका वडा नं। ६ का ३४ वर्षीय रामविनायक कुर्मी, पर्साको वीरगञ्ज उपमहानगरपालिका वडा नं। १६ का ३५ वर्षीय रतन शाही, भारत विहारका ४० वर्षीय सन्शात खातुन, सोही ठाउँका एन्डिल आलक, बर्दियाको गेरुवा गाउँपालिका वडा नं। १ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका वडा नं। १८ की ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका वडा नं। ७ का ४५ वर्षीय धनबहादुर रावत, सोही ठाउँका ५२ वर्षीय गोरख रावत रहेको घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बसमा कुल २० यात्रु सवार रहेका थिए। घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही(भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं। ५ सिसहनियाँस्थित दोलाई खोला नजिक सोमबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

बस सडकदेखि झन्डै २० मिटर जति तल खसेको छ।प्रहरी निरीक्षक भट्टले दोलाई खोला पुल नजिकै रहेको खाल्डोको कारण बस दुर्घटना भएको बताउृन।

‘राजमार्गमै त्यहाँ नजिकै खाडलहरू छन्,’ उनले भने, ‘जसले गर्दा पहिलो पटक आउने सवारी साधन थाहा नपाएर दुर्घटनामा परेको थुप्रै घटनाहरू छन्।’यसअघि पनि उक्त क्षेत्रमा दुर्घटनाहरू भए पनि सडकका खाडल पुर्न कसैले ध्यान नदिएको उहाँले गुनासो गर्नु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu