Connect with us
Kapilvast Forest

मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

काठमाडौँ-नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ ।

तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ कुल परीक्षण गरिएकोमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाकाे सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको छ । पुस १९ गते संक्रमणदर २.६ प्रतिशत रहेकोमा पुस २६ गते १२.७ प्रतिशत पुगेको छ । पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षणमा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार १२ हजार ६३२ कुल परीक्षणमा १ हजार २६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu