Connect with us
Kapilvast Forest

सामाजिक विकास मन्च नेपालको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा पौडेल

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु -सामाजिक विकास मन्च नेपालको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सस्थाले गत वर्ष गरेका क्रियाकलाप सहितको प्रगति प्रतिवेदन अध्यक्ष विष्णु प्रसाद खतिवडाले प्रस्तुत गर्नुभएको थियो । उहाले कोरोना महामारीमा पटक पाटक रक्तदान गरिएको बताउनुभयो ।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष राम प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले नया नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा राम प्रसाद पौडेल ,उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी,सचिव कमला पौडेल, सहसचिव महावुत खा,कोषाध्यक्ष मित्रलाल गिरि लगायत ११ सदस्य चयन गरिएको छ ।

सभालाइ सम्बोधन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले स्रोत र साधनको अभावमा पनि सामाजिक काममा सकृय भएकोमा धन्यवाद दिनुभयो । अग्रज व्यक्तिको अनुभवलाई स्रोत नहुदा समाजमा खुल्ला रुपमा प्रस्पुटन गर्न नसकिएको बताउनुभयो ।

नया नेतृत्व लाई शुभकामना व्यक्त गर्दै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारि थारुले अभिभावकहरुले नेतृत्व गरिरहेको बताउनुभयो । नगरपालिकामा सग सहकार्य गरि सस्थाले सामाजिक काम हरु गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष जगत जिसि, महादेव पोख्रेल ,जगत पौडेल,ओम भन्डारी लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu