Connect with us
Kapilvast Forest

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

 

पोखरा – पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि प्रत्येक वर्ष प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्ममा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि शुरु गरिएको हो । पोखरा उपत्यका क्षेत्रका तालहरुमा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सघ संस्थाको सहभागिता रहने गर्दछ ।

 

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको गणना गर्ने गरिन्छ ।
यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म नेपालका ६० भन्दा बढी ताल तलैया र नदीहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष एवं गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

दक्षिण एसियामा वन्यजन्तु पर्यटन भित्र्याउन सहयोगिको भूमिका निर्वाह गरेका टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखराका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा चरा गणना अभियान शुरु गरिएको थियो ।

पोखरा क्षेत्रका बिजयपुर खोला, कमल पोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास,रुपा ताल र फेवातालमा जलपंछी गणना गरिने भएको छ ।
हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि यस बर्ष १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu