Connect with us
Kapilvast Forest

प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षमा नन्द सिंह चयन

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

 

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन हुनु भएको छ ।

सदस्यहरूमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट् बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, ध्वजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापालगायतका चयन हुनु भएको छ ।

यसै गरी प्रदेश प्रतिनिधिमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अन्य प्रतिनिधि नयाँ पदाधिको पहिलो बैठकबाट नेतृत्व चयन हुने भएको जानकारी प्राप्त भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu