Connect with us
Kapilvast Forest

नेपालमा कोरोना सक्रिय सङ्क्रमितको संख्या दश हजार नजिक पुग्यो

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

corona-test.jpeg

काठमाडौं-पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म नौ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक लाख ८० हजार ४५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu