Connect with us
Kapilvast Forest

नेपाली काग्रेस क्षेत्र नं. ३ (क) कपिलवस्तु द्धारा माक्स वितरण

२०७८, २८ पुष बुधबारमा प्रकाशित

दिपक के.सी. कपिलवस्तु-

नेपाली काँग्रेस क्षेत्र नं. ३ (क) कपिलवस्तुले शिवराज नगरपालिकामा माक्स वितरण गरेको छ । कोरोना महामारी बढ्दै गएको पछिल्लो अवस्था र ओमिक्रोन संक्रमण विश्वव्यापी फैलिरहेको जोखिमलाई ध्यान दिदै नेपाली काग्रेस क्षेत्र नं. ३(क)ले माक्स वितरण गरेको हो ।
कोरोना नियन्त्रणका लागि प्रत्येक व्यक्तिले माक्स अनिवार्य लगाउनु पर्ने नेपाली काग्रेस कपिलवस्तु जिल्ला उपाध्यक्ष हुमाकान्त खनालले बताउनु भयो ।

कोरोनाको तेस्रो लहर ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि जनचेतना संगै माक्स वितरण कार्य गरिएको खनालले बताउनु भयो । नगरको भिडभाड हुने स्थानहरु चन्द्रौटा चोक, नगरपालिकाको कार्यालय,इलाका प्रशासन कार्यालय , मालपोत कार्यालय, नापी कार्यालय, चन्द्रौटा हाट बजारमा माक्स वितरण गरिएको नेपाली काग्रेस क्षेत्र नं. ३ (क) का सभापति गोविन्द के.सी.ले बताउनु भयो । क्षेत्र नं.(३) को आयोजनामा अन्य भिडभाड हुने स्थानहरुमा समेत माक्स वितरण गरिने के.सी.ले बताउनु भयो । आज करिब १५ हजार प्रति माक्स वितरण गरिएको सभापति के.सी.ले जानकारी दिनुभयो ।

माक्स वितरण कार्यक्रममा जिल्ला सदस्य इश्वरी पाण्डे, केशव पाण्डे, शिवराज नगर सभापति मधुसुदन पोखरेल, नगर सचिव विष्णु पोखरेल,काग्रेसका नेताहरु अजय थापा, हरि पोखरेल, लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu