Connect with us
Kapilvast Forest

कपिलवस्तु महोत्सव तत्कालका लागि स्थगित

२०७८, २८ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको १२औं कपिलवस्तु महोत्सव तत्कालका लागि स्थगित भएको छ । बुधबार(आज) बसेको कपिलवस्तु उद्योग बाणिज्य संघको आकस्मिक बैठकले कोरोनाको बढ्दो प्रभावको कारण तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा यस क्षेत्रका सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए । कपिलवस्तु उद्योग बाणिज्य संघले यही माघ १२ गतेदेखि २३ गतेसम्म बाणगंगाको बुद्ध रंगशाला जितपुरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो ।

कोरोनाको महामारी बढ्ने संकेत देखिएकाले अर्को सुचना जारी नहुदाँ सम्मका लागो स्थगित गरिएको सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । सो अवसरमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले माघ १५ गतेसम्म अवस्था हेरेर समय अनुकुल भएको खण्डमा पुनः अर्को निर्णय लिन सकिने बताउनु भयो ।

साथै संघका महासचिव मनोज पौडेलले कोरोनाको तेस्रो महामारी फैलिन नदिन स्वास्थ्यका मापदण्ड अपनाएर आफ्ना व्यवसाय तथा गतिविधी संचालन गर्न आग्रह गर्नु भएको छ । वैठकमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu