Connect with us
Kapilvast Forest

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

२०७८, २८ पुष बुधबारमा प्रकाशित

election.jpg

काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिनु भयो ।बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ ।थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डा भएको बताउनु भयो ।उहाँका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ।मुख्य गरि निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भन्नु भयो , ‘दलहरुले जे चाहान्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौं ।’

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गर्नु भएको थियो । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।

यसअघि सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न मंगलवार महान्यायाधिवक्ता खम्म खाती निर्वाचन आयोग जानु भएको थियो ।

निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपी आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।

सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् ।२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu