Connect with us
Kapilvast Forest

पाल्पामा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु श्रीमती घाईते

२०७८, २८ पुष बुधबारमा प्रकाशित

accident

दिपक पोखरेल,पाल्पा- पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

निस्दी गाउपालिका ७ को भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँका ४४ वर्षीय ओम बहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाईकलको पछाडी सवार मृतक गाहाको श्रीमती नीरमाया गाहा घाईते भएकी छन

पसल देखि घर फर्कने क्रममा लु ६ प १५२३ नंम्बरको मोटरसाईकल अनियन्त्रीत भइ दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले जानकारी दिए ।

घटना हिजो राती करिब १० बजेको समयमा घटेको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu