Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि कोरोनाको तेस्रो लहर,कृष्णनगर नाकामा एकै दिन २४ जनामा देखियो कोरोना

२०७८, १ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुमा पनि कोरोना भाइरसको तेस्रो लहर सुरु भएको छ । कोरोनाको पहिलो र दोस्रो चरणमा पनि कोरोनाबाट प्रभावित भएको कपिलवस्तुमा तेस्रो लहर फैलिन थालेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार कृष्णनगर नाकामा गरिएको एन्टिजेन टेस्टमा २४ जनामा संक्रमण देखिएको हो ।कृष्णनगर नाकामा शुक्रबार १ सय ५६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २४ जना संक्रमित देखिएका थिए ।

स्वास्थ्य कार्यालयले कपिलवस्तुको समुदायस्तरमा ओमिक्रोन फैलिसकेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।यसबाट बच्न र बचाउन सबै जनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा कार्यालयले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu