Connect with us
Kapilvast Forest

सातौँ राष्ट्रिय योग दिवस आज मनाइँदै

२०७८, १ माघ शनिबारमा प्रकाशित

काठमाडौँ – सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो यहाँ पत्रकारसम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ ।

विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यसवर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ को उपस्थितिमा सातप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

उनले दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई पनि योगाभ्यास गराउने बताए । विभागका निमित्त महानिर्देशक डा. यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए ।

पत्रकार सम्मेलनमा विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा. सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शारीरिक चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए । उनले योगले मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ्य राख्ने सहयोग गर्ने बताए ।

“जीवनशैलीमा आएको परिवर्तनले योग अनिवार्य भइसकेको छ”, उनले भने, “अहिले परिवार, समाज सबैमा योगको महत्व बढेर गएको छ । शरिर र मनलाई सन्तुलिन राख्ने काम योगले गरेको छ ।” सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो ।

यसवर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको छ । विभागका जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयले बिहान ७ बजेदेखि हरेक जिल्लामा योग गराउँदै आइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu