Connect with us
Kapilvast Forest

नक्कली नोटसहित चितवनबाट दुई जना पक्राउ

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

चितवन – प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ३ बस्ने खैरहनी नगरपालिका वडा नं ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली रु एक हजार रुपैयाँका १० थान नोट, एक-एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजहरुका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ । पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu