Connect with us
Kapilvast Forest

विद्यालय नर्सिङ कार्यक्रमका ३०० नर्स कोरोना संक्रमितको उपचारमा खटाइने

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

हेटौंडा – बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।कोरोना संक्रमण बढ्दा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनु भयो ।

 

मन्त्रालयले आवश्यकता अनुसार जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रमा परिचालनका लागि स्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ ।उहाँले भन्नु भयो , ‘विद्यालय नर्सिङ कार्यक्रममा प्रति स्थानिय तह ३ जना नर्स परिचालन गरिएको छ, अब उनीहरुलाई पनि कोभिड संक्रमण नियन्त्रणमा परिचालन गर्न परिपत्र भइसकेको छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu