Connect with us
Kapilvast Forest

सर्लाहीकाे हरिपुर नगरपालिकाकी उपमेयर फेरि एमालेमै

२०७८, १० माघ सोमबारमा प्रकाशित

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुकादेवी काफ्ले फेरि नेकपा एमालेमा फर्किनुभएको छ ।

आफू नेकपा एमालेबाटै उपमेयरमा निर्वाचित भएकाले फेरि एमालेमा नै फर्किएको काफ्लेले बताउनुभयो । नेकपा अलग भएर फेरि एमाले र माओवादी केन्द्र बनेपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।

एमालेमा फर्किनेमा उपमेयर काफ्लेसहित नगर कार्यपालिका सदस्य सुनैनादेवी चौधरी र लक्ष्मी कुँवर रहनुभएको छ ।

पुरानै पार्टीमा फर्किएका तीनै जनालाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गराउनुभएकाे एमालेका सर्लाही जिल्ला सचिव केदार खत्रीले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu