Connect with us
Kapilvast Forest

महासचिवमा मेरो दाबी छ: वर्षमान पुन

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

ba punanrsam

काठमाडौं-नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताउनु भएको छ ।चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नै उहाँले पार्टी महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताउनु भएको हो ।

यसअघि पार्टी सचिव रहेर काम गरेकोले महासचिवमा स्वभाविक दाबी रहने उहाँको जिकीर थियो।चीनमा रहँदा नै आफूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठसहितलाई महासचिवमा आफ्नो दाबी रहेको सुनाएको पनि उहाँले बताउनु भएको थियो ।

स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उहाँले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताउनु भयो ।

‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको कुरा साँचो हो। म यसअघि सचिव भएर काम गरिसकेकाले महासचिवमा दाबी गर्नु स्वाभाविक हो,’ उहाँले भन्नु भयो ।

भरसक सहमतिमै पदाधिकारी चयन हुने र प्रक्रियामा गए आफू ुफेसु गर्ने उहाँको भनाइ थियो। आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको पुनले बताउनु भयो ।

महाधिवेशनले केन्द्रीय सदस्यहरू चयन गरेको थियो। अध्यक्षमा सर्वसम्मत पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनु भएको थियो । पार्टी पदाधिकारी भने केन्द्रीय कमिटीले चयन गर्नेछ।

वर्षमान चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक बसेको थिएन। माघ अन्तिम सातातिर माओवादीले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेको छ। महासचिवमा वर्षमान र जनार्दन शर्मा आकांक्षी रहनु भएको छ ।

उपचारपछि आफूले नयाँ जीवन पाएको पनि उहाँले बताउनु भयो । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनलाई जण्डिसको उपचार गरिएको थियो।वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक जानु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu