Connect with us
Kapilvast Forest

चितवनमा सडकको खाल्डोमा फसेर गैंडा मरेको विषयमा छानबिन समिति गठन

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

 

काठमाडौं – सडक विस्तारका क्रममा खनिएको खाल्डोमा फसेर चितवनमा गैंडा मरेको विषयमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले समिति गठन गरेको छ ।वन तथा भूसंरक्षणमन्त्री रामसहाय प्रसाद यादवले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसी संयोजक रहेको समिति गठन गरेका हुन् ।

 

माघ ९ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर गैंडा मरेको थियो ।

छानबिन समितिमा वन तथा वातावरण मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।

यो समितिलाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेश गर्ने, सडकको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको वा नभएको, सडक निर्माणका क्रममा कसको कस्तो जिम्मेवारी रहेको, गैंडा मारिने गरी भएको लापरवाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा सुझाव पेश गर्ने कार्यादेश दिइएको छ ।यो समितिलाई १० दिनको समय दिइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu