Connect with us
Kapilvast Forest

कृष्णनगरपालिकाको भवन उद्घाटन 

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कार्यालय भवन आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । बजार क्षेत्रमा अवस्थित नगरपालिकाको भवनबाट दुई बर्ष अगाडी देखि नै सेवा दिन थालिए पनि आइतबार विधिवत् रुपमा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

भवन निर्माणको काम सबै सकिए पछि विधिवत् रुपमा उद्घाटन गरेका हौं, नगर प्रमुख रजत प्रताप शाहले भन्नुभयो ।नगर प्रमुख शाहका अनुसार आफ्नो भवन नहुँदा कामकाज गर्न अप्ठ्यारो भएपछि निर्माणधिन भवनबाट काम थालिएको थियो ।

अहिले भवनको रंगरोगन, मार्वल, टायल्स र फर्निचरका सामान राखेपछि नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि भवनको शिल्यानास गरेको हो ।

भवनको प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले उद्घाटन गर्नुभएको छ । नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटनसस्त्रमा नगरकार्यपालिका सदस्य, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कृष्णनगर नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको भएपनि यसको कार्यन्वयन २०७१ जेष्ठ ४ देखि भएको थियो । पुरानो कृष्णनगर गाविसबाट नगरपालिकाले सेवा सुचारु गरेपनि त्यहाँ साघुँरो भएपछि वेवारिशे अवस्थामा रहेको कृष्णनगर अस्पतालमा लगिएको थियो । त्यहाँ पनि साँघुरा कोठाबाट नगरपालिकाले सेवा सुरु गरेको थियो । पछि ०७४ सालको स्थानीय तहको चुनाव अगाडी नै भवन बनाउन ठेक्का लागेको थियो ।

ठेकेदारले समयमा नै काम नसक्दा भवन निर्माणको काम धेरै बर्ष लागेको हो । बजेटको प्रयाप्तता नहुँनु र कोराना भाइरसको कारण कामले गति लिन सकेको थिएन् । पछि नगर प्रमुख रजत प्रताप शाहको सक्रियतामा भवनको कामले गति लिएर अहिले सञ्चालनमा आउन सफल भएको हो ।

आफ्नै भवनबाट सेवा सुचारु गर्न पाउदा आफुहरु खुसी भएको नगर प्रमुख शाहले मायादेवी अनलाइनलाई बताउनुभयो । अब आफ्नै भवनबाट विषयगत कार्यालय र नगरका सम्पूर्ण काम हुने उहाँको भनाई छ ।

भवन उद्घाटन समारोहमा नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नुभएका हाल शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गशेण प्रसाद अर्यालले पनि उपस्थिति रहेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu