Connect with us
Kapilvast Forest

शिवराजमा ३ मा तरकारी संकलन केन्द्रको शिलन्यास

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

नवराज पौडेल ,कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा तरकारी संकलन केन्द्रको शिलन्यास गरिएको छ । शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले एक कार्यक्रमका विच आज केन्द्रको शिलन्यास गर्नुभएको छ ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले शिवराज ३ लाई तरकारी जोन बनाउने उदेश्यका साथ केन्द्र निर्माण गर्न लागिएको बताउनु भयो ।

कृषकले उत्पादन गरेका तरकारीको बजारीकरणमा सहजाताका लागि संकलन केन्द्र स्थापना गर्न लागिएको बताउनु भयो । वडाका विभिन्न गाउँहरुका किसानहरुले उचित मुल्य नपाउने,विक्री गर्न समस्या हुने देखिएको छ,सापकोटाले भन्नुभयो यो संकलन केन्द्र कृषि संहकारीले संचालन गर्ने छ ।

कार्यक्रममा वडा अध्यक्ष सापकोटा, कृषि शाखा प्रमुख तारा चन्द चौधरी,नेपाली कांग्रेसका जिल्ला सदस्य इश्वरी पाण्डेय, युवा नेता अजय थापा, वडा नं ३ का सभापती गंगाधर भट्राई,केयर सिंह अदै लगाएत शिवराज कृषि सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरको ६ लाख र उपभोक्ता समिती को ६५ हजार लागतमा निर्माण गर्न लागिएको कृषि शाखा प्रमुख ताराचन्द चौधरी बताउनुभयो ।

शिवराज नगरका दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना हुने र किसानले उत्पादन गरेका तरकारी निश्चित मुल्यमा खरिद गरि विक्री गरिने चौधरीले बताउनुभयो । वडा न ३ मा रहेका शिवराज कृषि सहकारीले उक्त संकलन केन्द्र संचालन गर्ने सहकारीका अध्यक्ष केयर सिंह अदैले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu