Connect with us
Kapilvast Forest

मोरङका एक व्यक्ति आमाको हत्या आरोपमा पक्राउ

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

विराटनगर-मोरङमा एक व्यक्ति आमाको हत्या आरोपमा पक्राउ परेका छन् ।पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठलाई ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गतेदेखि घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धालाई हत्या पछि जलाएको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरी टोलीले हत्यामा छोरा नै संलग्न भएको आशङ्का गर्दै श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई श्रींमतीको नाममा बनाएका थिए । सोही कुरा आमालगायत अन्य भाइलाई जानकारी भएपछि अदालतमा मुद्दा परेको थियो ।

अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । त्यही रिसमा श्रेष्ठले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu