Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सिरक वितरण

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल , कपिलवस्तुकपिलवस्तु नगरपालिका– १ ले वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले वडाले गरेको कार्यको प्रसंसा गर्दै चिसो मौसममा न्यानो सिरक वितरण गर्दा अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने बताउनु भयो ।

वडा भित्रका नागरीकहरुको वडाले विशेष ख्याल गर्र्नु पर्ने भन्दै चिसोयाममा सिरक वितरण गरेर वडाका अपाङ्गता तथा ज्येष्ठ नागरिकप्रति दायित्वबोध गरेको लुम्विनी प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तवले बताउनु भयो । वडाले गरेकोे सहयोगप्रति उहाँले दिल खोलेर प्रशंसा गर्नु भयो ।वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक गरी १४० जनालाई न्यानो सिरक वितरण गरेको वडा अध्यक्ष सुदिप पोडेलले बताउनु भयो ।

वडाको योजनाअन्तर्गतको बजेट खर्च गरेर सिरक वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । न्यानो सिरक वितरणले अपाङ्गता र उमेरका कारण शारीरिक अवस्था कमजोर बन्दैगएका जेष्ठ नागरिकलाई चिसो मौसममा राहत पुग्ने विश्वास राखिएको अध्यक्ष बताउनुभयो ।

आज (मंगलवार ) वडा स्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सिरक वितरण गरेको हो । कार्यक्रम प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यता , प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तवको विशिष्ट आतिथ्यता , वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu