Connect with us
Kapilvast Forest

समाचारको प्रभाव: सांसद शाह पुगे चोरखोला

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह चोरखोला पुगेका छन । गत शुक्रवार न्युज सेन्टर नेपाल ड्टकममा प्रकाशित भएको एक समाचारले सबैको ध्यान तानेको छ ।

समाचारको शिर्षक थियो “अन्धकारमा बस्छन् र दुषित पानी पिउछन शिवराजवासी” । यो समाचार जिल्लाको शिवराज नगरपालिका वडा नं १ चोरखोलाको हो ।

चोर खोलामा अहिलेसम्म विकासको पुर्वाधार पुगेको छैन । चोरखोलाबासी अहिले पनि विद्युत, सन्चार र शुद्ध खानेपानीबाट बन्चित भएका छन ।

समाचार प्रकाशित भएपछि सांसद शाह चोर खोला पुगेर अनुगमन गर्नु भएको छ । चोरखोलामा भएको समस्या समाधानका लागि सांसद शाह त्यहा गएको बताउनु भयो ।

शाहले चोरखोलाका नागरिकको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै तत्काल शुद्ध खानेपानीको लागि काम सुरु गर्ने बताउनु भयो ।

शिवराजका नेपाली काग्रेंसका युवा नेता अजय थापा, मगरु जयसवाल, एमबी सेन्चुरी लगायतका नेताहरु चोरखोलाका  नागरिकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।  चोरखोला गाँउका ३५ घर परिवार अझैपनि अन्धकारमा जिवन जिउन बध्य भएका छन ।

। अन्धकारमा बस्ने र दुषित पानी खाने समस्यासँगै औषधीउपचारको अभाव सगैँ मोबाइलको नेटवर्क नटिप्दा चोरखोलाबासी झन पिडित भएका छन । औषधी उपचारको लागि समेत टाढा जार्नु पर्ने र मोबाइलको टावरको लागि रुख चढ्नु पर्ने बध्यता रहेको स्थानिय एम वि सेन्चुरीले बताउनु भयो ।

थप समाचारको लागि तलको लिकंमा किलिक गर्नु होला

 https://www.newscenternepal.com/2022/02/94559

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu