Connect with us
Kapilvast Forest

महाराजगंज र बुद्धभूमिमा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुदैं

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

 

 

कपिलवस्तु-कपिलवस्तुका दुई पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएका छन् । जिल्लाको महराजगंज र बुद्धभूमि नगरपालिकामा आधारभूत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण हुन लागेको हो । महारजगंजमा २८ करोड र बुद्धभुमी नगरपालिकामा १९ करोड लागतयको अस्पताल निर्माण हुन लागेको नगरपालिकाले जनाएका छन् ।

महराजगंज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थ्य चौकीको किनारमा एक बिघा बढी क्षेत्र रहेको उक्त जग्गामा सुबिधा सम्पन्न अस्पताल निर्मााणको तयारी गरिएको महाराजंगंजका मेयर अब्दुल कलाम खाले बताए । निर्माण हुने. अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए । जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसि, डेन्टल आँखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए । अस्पताल निर्माण भए पछि महराजगंजले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए ।

सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर कलामले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको बताए । उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको बताए । ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर संचालन भईसकेको उनले बताए । बाकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाईने उनले बताए । यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनले बताए ।

उता बुद्धभुमी नगरपालिका वडा नम्बर १ बडहरा चोकमा एक बिघा क्षेत्रमा १९ करोड लागतको आधारभुत अस्पताल निर्माणको प्रकृया अघि बढाइएको मेयर केशव कुमार श्रैष्ठले बताए । नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले अस्पताल निर्माणकोलागि टेन्डर आवहन गरि सकिएको बताए । निर्माण हुने अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा हुने उनले बताए । अस्पतालमा लिफ्टको समेत सेवा हुनेछ । आफनो कार्यकालको साढे ४ बर्ष पुरा गरेका बेला अस्पतालको निर्माण प्रकृया अघि बढेको भन्दै २ बर्ष भित्र अस्पतालको निर्माण संपन्न हुने मेयर श्रेष्ठले बताए । उनले अस्पताल निर्माण भएपछि नगरबासी लाभांवित हुने बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu