Connect with us
Kapilvast Forest

नागढुंगामा बस जाँच गर्दा लागुऔषधसहित एक व्यक्ति पक्राउ

२०७८, २० माघ बिहीबारमा प्रकाशित

pakrau

 

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा बुधबार लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले बोकेको झोलाबाट १ हजार २० एम्पुल लागुऔषध (डाइजेपाम, नोफिन र फेनारगन) फेला पारिएको थियो । हाल उनीविरुद्ध औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu