Connect with us
Kapilvast Forest

मधेसमा जनमत पार्टीको किसान आन्दोलन, आजदेखि पुनः राजमार्गकेन्द्रित प्रदर्शन

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

 

जनकपुरधाम -किसान आन्दोलन गरिरहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।

 

आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् ।

अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।

आन्दोलनको सुरुवात समयमा पनि केहिदिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए ।

आवश्यक तयारीका लागि भन्दै जनमतका कार्यकर्ताले राजमार्गबाट पछि हटेर केहि समय गाउँकेन्द्रित आन्दोलन गरे । त्यसपछि अहिले तयारीका साथ राजमार्ग अवरुद्ध पारेको उनीहरुको दावी छ । जनमत पार्टीले यसपल्टको आन्दोलन निर्णायक हुने बताउँदै आएको छ ।

जनमतका नेताहरुले सरकारलाई किसानको माग सम्बोधन गराउन जुनसुकै परिस्थितिको सामना गर्ने भन्दै उत्तेजक अभिव्यक्तिहरु दिने गरेका छन् । आन्दोलन सफल पार्न पार्टीले करिब २० हजार युवा दस्तासमेत तयार पारेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu