Connect with us
Kapilvast Forest

जनवरीमा भित्रिए १७ हजार पर्यटक

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 काठमाडौं- सन् २०२२ को पहिलो महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी महिनामा १७ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।

 

नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी भारतीय नागरिक छन् । जनवरीमा ३,९१६ जना पर्यटक भारतबाट नेपाल आए । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ३,२५७ जना पर्यटक नेपाल आए । बेलायतबाट १,८२४ जना पर्यटक भित्रिँदा बंगलादेशबाट १,२३६ जना पर्यटक नेपाल आएका छन् ।

अष्ट्रेलियाबाट १२१३ जना नेपाल आएको तथ्यांक छ । यो वर्ष बंगलादेशबाट आउने पर्यटकको संख्यामा ठूलो वृद्धि देखिएको छ । सन् २०२१ मा जनवरीमा मात्र २६ जना नेपाल आएकोमा यस वर्ष १,२३६ जना पुगेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu