Connect with us
Kapilvast Forest

मेचीनगरको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा

२०७८, २० माघ बिहीबारमा प्रकाशित

बिर्तामोड- झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताउनु भयो ।

 

प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतबाट बोलाइएका थिए ।मेचीनगर नगरपालिकाको दमकल विग्रिएका कारण समयमा आगो निभाउने प्रयास हुन सकेको थिएन । त्यसपछि भद्रपुर र विर्तामोडबाट दमकल बोलाइएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu