Connect with us
Kapilvast Forest

मोरङको उखुबारी घटना पछ्याउँदा थेंचोमा भेटियो तेस्रो शव

२०७८, २० माघ बिहीबारमा प्रकाशित

 

 

काठमाडौं- ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको हो । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको भेटिएको छ ।

 

मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला परेको एसएसपी बसन्तबहादुर कुँवरले   बताए । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu