Connect with us
Kapilvast Forest

पार्टीमै रहेकी उपमेयर मायालाई जब एमालेले ‘निस्कासन’ गर्‍यो …

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

दाङ- तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा आचार्य कोरोना संक्रमण भएर होम आइसोलेसनमा थिइन् । बुधबार नेकपा एमालेको पदाधिकारी बैठकले भने एकीकृत समाजवादी प्रवेश गरेको भन्दै उहाँलाई निस्कासनको निर्णय गरेको सार्वजनिक भयो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नै निर्णय सुनाउने क्रममा तुलसीपुरकी उपप्रमुखलाई निस्कासन गरेको भनिएको छ ।

माया भने फोन अफ गरेर सुत्नु भएको थियो । ‘त्यो दिन अलि बढी विरामी भएर मोबाइल अफ गरेर दिनभर सुतेकी थिएँ । त्यसैले निस्कासनबारे बेखबर थिएँ,’ भन्नु भयो ।

 

 

साँझ एमाले महासचिव शंकर पोखरेलले मायाको छोरालाई फोन गरेपछि उहाँले थाहा पाउनु भयो । निस्कासन गरिएको सूचना भूलबस भएको भन्दै पोखरेलले मायाका छोरालाई, आमालाई नआत्तिनू भनेर सम्झाउन आग्रह गर्नु भएको थियो ।

‘निर्णय सार्वजनिक भएलगतै महासचिवजीले मलाई निर्णय सुनाउँदा त्रुटिपूर्ण भयो भनेर फोन गर्न खोज्नु भएको रहेछ’ उहाँले भन्नु भयो मेरो फोन दिनभर अफ भएकाले सम्पर्क हुन सकेन छ ।’

 

छोराले महासचिवकै फोन आएको सुनाएपछि उहाँले चित्त बुझाउनु भयो । तर यत्तिसम्म त्रुटि त नहुनु पर्ने हो भन्ने लाग्यो । फोन अन गरेपछि पार्टीका नेताहरुको फोन आइरहृयो, यसले झन् मनमा एक किसिमको दुविधा उत्पन्न भएको उहाँले सुनाउनु भयो ।

‘बेलुकी आठ बजेतिर महासचिवज्यूले फोन गरेर निर्णय सुनाउँदा गल्ती भएकाले नआत्तिन भनेर सम्झाउनु भयो,’ उहाँले भन्नु भयो , ‘त्यसपछि मात्र केही हलुका महसुस गरेँ ।’

भएको के रहेछ

पार्टी विभाजन पछि पनि एमालेमै रहेकी आचार्य एकीकृत समाजवादीमा गएको भनेर कसरी कारबाही भयो त एमालेका दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतका अनुसार जिल्लाबाट गलत रिपोर्टिङ भएको थिएन । ‘जिल्लाबाट सही नाम नै गएको हो, म आफैंले त्यो रिपोर्ट पठाएको हुँ,’ उहाँले भन्नु भयो , ‘बैठकमा निर्णय पनि सही भएको हो । (पृथ्वीसुब्बा गुरुङले)वाचन गर्दा नाम फरक पर्न गएको हो ।’

लगत्तै आफूले पार्टीका नेताहरुले निर्णय सार्वजनिक गर्दा त्रुटि भएको जानकारी गराएको उहाँले सुनाउनु भयो । उहाँका अनुसार कार्यपालिका सदस्य जानका रेग्मीसहित तीन जनालाई निस्कासन गर्ने निर्णय भएको थियो, जसले हालै मात्र एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोज्नु भएको थियो ।

त्यहीकारण बिहीबार जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै उपमेयर आचार्यलाई पार्टीबाट निस्कासन गरेको भन्ने खबर भूलबस भएको भन्दै स्पस्टीकरण दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu